खेलकुद

पल्सर स्पोर्ट्स अवार्डमा अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको पुनरागमन

इकागज |
माघ २२, २०८० सोमबार १४:१ बजे

काठमाडौ- ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९’ को २० औँ संस्करणलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले प्रायोजन गर्ने भएको छ ।

केल्मीको नेपालको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्रालि र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच पुनः सहप्रायोजनका लागि सम्झौता भएको हो । केल्मीले विगतमा पनि अवार्डलाई प्रायोजन गरेको थियो ।


‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कामरुका निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग पुनः सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवर्द्धन कार्यमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए ।

कामरु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्री–वितरण गर्ने नेपालको आधिकारिक संस्था हो । 

सह–प्रायोजक बने बापत केल्मी नेपालले अवार्डमा एनएसजेएफका सदस्यका लागि केल्मी ब्रान्डको पोसाक उपलब्ध गराउने छ ।

पल्सर स्पोर्टस अवार्ड यही माघ २८ गते दरबारमार्गस्थित होटल याक एन्ड यतीमा  आयोजना हुनेछ ।

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत तीन विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यसपटक सर्ट लिस्टको रुपमा वर्ष खेलाडी पुरुष र महिलाका ८–८ खेलाडी मनोनयनमा परेका छन् । सर्ट लिस्टबाट तीन खेलाडी पुनः छानिने छन् । त्यसमध्येबाट अवार्ड कार्यक्रमको दिन विजेता घोषणा हुनेछ ।

पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ । मनोनयनमा रजनी श्रेष्ठ (बडीविल्डिङ), सिक्का सुवाल श्रेष्ठ (टेबलटेनिस), विप्वललाल श्रेष्ठ (कराते), अनन्त तामाङ (फुटबल) र निरुता ठगुन्ना (भलिबल) रहेका छन् ।


Author

थप समाचार
x