खेलकुद

अस्ट्रेलियाले गर्‍यो वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज क्लिन स्विप

इकागज |
माघ २३, २०८० मंगलबार १२:३० बजे

काठमाडौँ- घरेलु टोली अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गरेको छ ।

क्यानवेरामा मंगलबार भएको सिरिजको अन्तिम तथा तेस्रो खेल ८ विकेटले जित्दै अस्ट्रेलियाले सिरिज क्लिन स्विप गरेको हो । यसअघि अस्ट्रेलियाले पहिलो खेल ८ विकेट तथा दोस्रो खेल ८३ रनले जितेको थियो ।   


मंगलबारको खेलमा भने ८७ रनको लक्ष्य अस्ट्रेलियाले ६ ओभर ५ बलमा केवल २ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाको जितमा ज्याक फ्रासर-म्याकगर्कले ४१ तथा जोश इंग्लिसले ३५ रन बनाए ।

वेस्ट इन्डिजका अल्जारी जोशेफ र ओसाने थोमसले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २४ ओभर १ बलमा सबै विकेट गुमाएर ८६ रनमात्र बनायो । वेस्ट इन्डिजका लागि एलिक अथानेजले सर्वाधिक ३२ रन बनाए ।

अस्ट्रेलियाका लागि जेभियर बार्टलेटले सर्वाधिक ४ तथा लान्स मोरिस र एडम जाम्पाले २-२ विकेट हात पारे ।


Author

थप समाचार
x