खेलकुद

भारत्तोलन खेलाडी सागर भण्डारीले एसियन च्याम्पियनसीप खेल्ने

इकागज |
माघ २३, २०८० मंगलबार १३:३३ बजे

काठमाडौँ- भारत्तोलन खेलाडी सागर भण्डारीले उज्बेकिस्तानको तासकेन्तमा जारी एसियन वेटलिफ्टिङ च्याम्पियनसीपमा सहभागी जनाउने भएका छन् ।

यसै वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस ओलम्पिकको छनोटको रुपमा समेत रहेको च्याम्पियनसीपमा भण्डारीले सहभागिता जनाउन लागेका हुन् ।


ओलम्पिक छात्रवृत्ति समेत प्राप्त गरेका सागरसँगै उनका प्रशिक्षक जीवन गौतम र व्यवस्थापक राम सुन्दर श्रेष्ठ पनि उज्बेकिस्तान जाने भएका छन् । च्याम्पियनसीप फेब्रुअरी १० तारिखसम्म चल्ने तालिका रहेको छ । 

उनीहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले मंगलबार एक कार्यक्रमका बीच विदाइ गरे ।


Author

थप समाचार
x