जापान सरकारले नेपाल जुडो संघलाई दियो २४० थान पोशाक
काठमाडौँ- जापान सरकारले नेपाल जुडो संघलाई २ सय ४० थान जुडो खेलको पोशाक सहयोग प्रदान गरेको छ ।
काठमाडौँमा रहेको जापानी दूतावासमा मंगलबार आयोजक एक कार्यक्रमका क्रममा नेपालका लागि जापानी राजदूत याटाका किकुटाले नेपाल जुडो संघका अध्यक्ष दिपक हर्श बज्राचार्यलाई उक्त पोशाक हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बेइजिङ २००८ ओलम्पिकमा सहभागिता जनाएकी जुडो खेलाडी देबु थापासँगै अन्य जुडो खेलाडीको पनि उपस्थिति रहेको थियो ।
जापान सरकारको प्रोजेक्ट फर स्पोर्ट्स डिप्लोमेसी इन्हान्समेन्टअन्तर्गत अल जापान जुडो फेडेरेसनले उक्त पोशाक प्रदान गरेको दूतावासले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया