खेलकुद

रियल मड्रिडका महान खेलाडी मिगुएल एन्जेलको मृत्यु

इकागज |
माघ २४, २०८० बुधबार १३:३ बजे

काठमाडौँ- स्पेनिस फुटबल क्लब रियल मड्रिडका महान गोलरक्षक मिगुएल एन्जेलको ७६ वर्षको उमेरमा निधन भएको छ ।

रियल मड्रिडले जनाएअनुसार पूर्व गोलरक्षक एन्जेलको मंगलबार निधन भएको हो ।


सन् १९४७ मा स्पेनको ओउरेन्समा जन्मिएका एन्जेलले सन् १९६८ देखि ८६ सम्म रियल मड्रिडका लागि ३ सय ४६ खेल खेलेका थिए ।

उनले रियल मड्रिडलाई ८ वटा ला लिगाको उपाधि, २ वटा यूइएफए कप तथा ५ वटा कोपा डेल रे फुटबलको उपाधि दिलाएका थिए ।

स्पेनको राष्ट्रिय टिमबाट १८ खेल खेलेका एन्जेल सन् १९७८ तथा १९८२ को विश्वकपका लागि टिममा रहेका थिए ।


Author

थप समाचार
x