क्यानाडाले नेपाललाई दियो २८६ रनको लक्ष्य
काठमाडौँ- तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा क्यानाडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो ।
क्यानाडाका लागि आरोन जोनसन ६५, नवनित धलिवाल ४६ रन, पर्गत सिंह ३८ रन र निकोलास किर्टोन २० रन बनाए आउट भए । दिलप्रित वाजवाले १९ रन जोडे । श्रेयाश मोभाले ४० रन जोडे ।
नेपालका लागि कप्तान रोहित पौडेलले २, कुशल मल्लले २ तथा सोमपाल कामी, पवन सर्राफ, सूर्य तामाङ र आकाश चन्दले १-१ विकेट हात पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया