खेलकुद

यू-१९ क्रिकेट टिमका खेलाडीले पाए ३ लाख, बक्सर सुष्मालाई ६ लाख

इकागज |
माघ २८, २०८० आइतबार १४:१३ बजे

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपमा सहभागी भएको नेपाली टिमका खेलाडीले जनही ३ लाख पाएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले आइतबार विश्वकप खेलेको टिमका खेलाडीलाई जनही ३ लाख प्रदान गरेको हो ।


कप्तान देव खनाल, दिपेश कँडेल, दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम थापा मगर, दिपक प्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दिपक बोहरा, दुर्गेश गुप्ता, सुभाष भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरालाई समान ३-३ लाख प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, मुख्य प्रशिक्षक जगत टमाटालाई २ लाख तथा टिम व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवालाई समान १-१ लाख प्रदान गरिएको छ ।

यता एएसबीसी यू-२२ एसियन पुरुष तथा महिला बक्सिङ च्याम्पियनसीपमा रजत जितेकी सुष्मा तामाङलाई ६ लाख, कास्य जितेका हेमा राई, त्रिशा जबेगु र विजय बाटालाई जनही ३-३ लाख प्रदान गरिएको छ ।

बक्सिङका मुख्य प्रशिक्षक दिपक महर्जनले १ लाख ८ हजार तथा सहायक प्रशिक्षक सन्दिप श्रेष्ठले ७२ हजार पाएका छन् ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उनीहरूलाई उक्त पुरस्कार रकम हस्तान्तरण गरे ।


Author

थप समाचार
x