पौडी खेलाडी गौरिका र नासिरले तोडे राष्ट्रिय कीर्तिमान
काठमाडौँ- पौडी खेलाडी गौरिका सिंह र नासिर याहा हुसेनले कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसीपमा पुरानो कीर्तिमान भंग गरेका छन् ।
गौरिकाले सोमबार महिलाको १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् । उनले उक्त दूरी १ मिनट ५.४७ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान राखेकी हुन् ।
गौरिकाले जापानको फुकुवाकामा भएको विश्व एक्वाटिक्स च्यामिपयनसीप २०२३ मा राखेको १ मिनट ६.८० सेकेन्ड समयमा १.३३ सेकेन्ड समय सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।
नासिरले भने २०० मिटर फ्रिस्टायलमा अर्को कीर्तिमान बनाएका हुन् । नासिरले जापानको फुकुवाका सहरमा आयोजना भएको विश्व एक्वाटिक्स च्याम्पियनसीप २०२३ मा कायम गरेको १ मिनट ५७.२६ सेकेन्डको समयमा ०.८७ सेकेन्ड समय सुधार गर्दै १ मिनट ५६.३९ सेकेन्ड समयको नयाँ कीर्तिमान काय गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका हुन् ।
नासिरले आइतबार भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ५.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया