खेलकुद

च्याम्पियन्स लिगः म्यानचेस्टर सिटी र रियल मड्रिड विजयी

इकागज |
फागुन २, २०८० बुधबार १२:१५ बजे

काठमाडौँ- यूइएफए च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिडले जित हात पारेका छन् ।

मंगलबार राति भएको प्रि-क्वार्टरफाइनलको पहिलो लेगमा साविक विजेता म्यानचेस्टर सिटीले डेनमार्कको एफसी कोपनहेगनलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।


सिटीको जितमा केभिन डी ब्रुएन, बर्नार्डो सिल्भा र फिल फोडेनले एक-एक गोल गरे । कोपनहेगनका लागि माग्नस माटसनले एक गोल फर्काए ।

यता रियल मड्रिडले जर्मन क्लब आरबी लिइपजिगलाई १-० ले पराजित गर्‍यो । रियल मड्रिडको जितमा ब्राहिम डियाजले निर्णायक गोल गरे ।


Author

थप समाचार
x