८ वर्षपछि एसिया कप खेल्ने नेपालको सपना चकनाचुर
काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको ८ वर्षपछि एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने सपना चकनाचुर भएको छ ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार आयोजक मलेसियासँग ४ विकेटको पराजय भोगेपछि नेपालले यसै वर्ष आयोजना हुने एसिया कप टी-ट्वान्टी प्रतियोगितामा स्थान सुरक्षित गर्न सकेन ।
नेपालले यसअघि यसअघि सन् २०१२ र सन् २०१६ मा नेपालले एसिया कप खेलेको थियो ।
नेपाललाई पराजित गरेको मलेसियाले अब उपाधिका लागि यूएईको सामना गर्ने भएको छ । यूएईले शुक्रबार नै थाइल्यान्डलाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।
शुक्रबार भएको सेमिफाइनलमा १ सय १६ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
मलेसियालाई जित दिलाउन इल्सा हन्टरले अविजित ६९ रन, महिरन इजाती इस्माइलले १६ रन तथा मास इलयसले १३ रन बनाए । नेपालका लागि सिता राना मगर र कविता जोशीले २-२ तथा कविता कुँवर र रुविना क्षेत्रीले १-१ विकेट हात पारे ।
यसअघि क्वालाम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।
नेपालका लागि कप्तान इन्दु बर्माले २९ रन, डोली भट्टले २५ तथा रुविना क्षेत्रीले २० रनको योगदान गरे । कविता कुँवरले २३ रन तथा सिता राना मगरले ६ रन जोडे ।
मलेसियाका लागि महिरन इजाती इस्माइलले २ विकेट तथा विनिफ्रेड डुरासिंगमले १ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया