खेलकुद

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा क्यानको २० लाख सहयोग

इकागज |
फागुन १२, २०८० शनिबार १०:४७ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि २० लाख सहयोग गरेको छ ।

क्यानले शनिबार प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख सहयोग गरेको जनाएको हो ।


गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प गएको थियो । उक्त भूकम्पबाट क्षति पुर्‍याएपछि पीडितलाई सहयोग गर्न आईसीसी टी-ट्वान्टी विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

सोहीअनुरुप क्यानले २० लाख सहयोग गरेको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले २० लाख बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।


Author

थप समाचार
x