खेलकुद

निकोलको शतकमा नामिबियाले नेपाललाई दियो २०७ रनको विशाल लक्ष्य

इकागज |
फागुन १५, २०८० मंगलबार १३:५ बजे

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २ सय ७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायो ।


नामिबियाका लागि जान निकोलले ३६ बलमा ११ चौका र ८ छक्काको मदतमा १ सय १ रन बनाए । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा निकोलको यो पहिलो शतक पनि हो ।

नामिबियाका लागि टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका मलान क्रुगरले ५९ रन जोडे । माइकल भान लिन्गेनले २० रनको योगदान गरे ।

नेपालका लागि कप्तान रोहित पौडेलले २ तथा अविनाश बोहरा र करण केसीले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x