खेलकुद

नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

इकागज |
फागुन १६, २०८० बुधबार १३:१७ बजे

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेदरल्यान्ड्सले नेपाललाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।


नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रन, सायब्रान्ड इन्गलब्रेचले ४९ रन तथा कप्तान स्कट इडवार्ड्सले ३३ रन बनाए ।

नेपालका लागि करण केसी र कुशल मल्लले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x