साफ यु–१६ को महिला फुटबल प्रतियोगिता शुक्रबारबाट सुरू हुने
काठमाडौँ - साफ यु–१६ को महिला फुटबल प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार नेपालमा हुन लागेको प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेशले सहभागिता जनाउनेछन् । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने चार वटै देशका कप्तान र प्रशिक्षकहरुले विश्वास लिएका छन् ।
खेल अघि बिहीबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा आयोजित प्रि म्याच कन्फ्रेन्समा नेपाली यु–१६ महिला टोलीका प्रशिक्षक चक्र तामाङले एक महिनादेखि लगातार तयारी गरिरहेको बताए । एक महिनाको अवधिमा खेलाडीहरूले राम्रो गरेको उनको भनाइ छ । उनले अहिले नेपालका खेलाडीहरू बलियो अवस्थामा रहेको र होम ग्राउण्डमा खेल्ने भएकाले त्यसको फाइदा उठाउने बताए ।
त्यस्तै अन्य देशका कप्तान र प्रशिक्षकहरुले पनि राम्रो तयारी भएको र राम्रो नतिजा आउने बताएका छन् । नेपालले आफ्नो पहिलो खेल फागुन १९ गते बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल फागुन २१ गते भुटानसँग खेल्ने छ । लिग चरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने एन्फाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया