फुटबल प्रतियोगितामा झडप : तीन बसमा क्षति, एकजना घाइते
मोरङ- फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्य रेफ्रिले पूर्वाग्रह राखी गलत निर्णय गरी खेल हराएको भन्दै पराजित टिमका अफिसियल र दर्शकले मैदानमा अभद्र व्यवहार गरेपछि दुई टिमका दर्शकबीच झडप भएको छ ।
मोरङको पथरीशनिश्चरे–१० मा भुटानी शरणार्थी शिविर व्यवस्थापन समितिले आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनल खेलपछि आइतबार विजेता आयोजक युथ फुटबल क्लब र सहआयोजक भुटानिज युथ क्लबका दर्शकबीच दोहोरो झडप भएको हो ।
निर्धारित ७० मिनेटको खेल सकिएपछि थप गरिएको ४ मिनेट सुरु हुने बित्तिकै उप विजेता टिमका भेराटी (विदेशी खेलाडी) विपक्षी टिमको डिबक्समा लडेका थिए । तर, मुख्य रेफ्री मनिष अधिकारीले फल्ड नदिई खेल सुचारु गरेपछि भुटानिज युथ क्लबका अफिसियल र समर्थक मैदानमा प्रवेश गरी होहल्ला गरी खेल अवरुद्ध गरेका थिए । सशस्त्र प्रहरीले मैदान खाली गरी सुचारु गरेको खेल अतिरिक्त समय पनि सकिएपछि १–० गोलले आयोजक युथ फुटबल क्लब पथरीशनिश्चरे भुटानी शरणार्थी शिविरले जितेको थियो ।
खेल सकिना साथ सशस्त्र प्रहरीले मैदानबाटै रेफ्रीलाई स्कटिङ गरेर मञ्चमा पुर्याएको थियो । उक्त घटना हेरिरहेका बेलडाँगी पक्षका दर्शकले त्यसपछि रेफ्रीले साँच्चिकै गल्ती गरेको आरोप लगाउँदै जथाभावी होहल्ला गर्न थालेका थिए । सशस्त्र प्रहरीले घटनालाई साम्य पार्न लाठी चार्ज समेत गरेको थियो । एकातर्फ पुरस्कार वितरण चलिरहँदा मैदानमा दुई पक्षबीच फाइट चलिरहेको थियो ।
भूटानी शरणार्थी शिविर नजिकै रहेको खेल मैदानमा एकाएक शिविरबाट मानिसहरू पसेर होहल्ला गरेका थिए । केही समयपछि बेलडाँगी शिविरबाट फुटबल हेर्न आएका दर्शक चढेको बसमा ढुङ्गामुढासमेत भएको छ । ५ वटा बसमध्ये ३ बसमा क्षति भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले भिड नियन्त्रण लिएपछि दुई पक्षका समर्थकबीच भएको भिडन्तमा परी एकजना घाइते भएका छन् । घाइतेलाई सशस्त्र प्रहरीले आफैँ उद्धार गरी अस्पताल पुर्याएको छ । शिविरसँगै रहेको सशस्त्र प्रहरीका सई लक्ष्मण महतले कोही पनि घाइते नभएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया