प्रिति राईको उपचारमा सरकारले कुनै कसर नछाड्ने मन्त्री बिराजको प्रतिवद्धता
काठमाडौँ- नवनियुक्त युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले नेपाली महिला राष्ट्रिय फुटबल टिमकी मिडफिल्डर प्रिति राईको उपचारमा कुनै कसर नछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रिति साउदी अरेबियामा सम्पन्न वाफ महिला फुटबल च्याम्पियनसीपका क्रममा घाइते भएकी थिइन् । उनको उपचार अहिले ललितपुरको ग्वार्कोस्थित बि एन्ड बी असप्तालमा उपचार भइरहेको छ ।
प्रितिको स्वास्थ्य अवस्थाबारे बुझ्न बिहीबार साँझ अस्पताल पुगेका मन्त्री बिराजले उक्त प्रतिवद्धता व्यक्त गरेका अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
बिराजले एन्फासँगको सहकार्यमा प्रितिको उपचारमा सहयोग गर्ने तथा उनलाई चाँडै मैदानमा फर्काउने प्रतिवद्धता जनाए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया