टी-ट्वान्टी सिरिज फाइनलः पीएनजीले नेपाललाई दियो १७२ रनको लक्ष्य
काठमाडौँ- हङकङमा जारी टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनायो ।
पीएनजीका लागि टोनी उराले सर्वाधिक ६१ रन जोडे । अलेइ नाओले ३० रनको योगदान गरे ।
हिला भारेले १८ रन तथा हिरि हिरिले १५ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान ३-३ तथा करण केसी र गुल्सन झाले १-१ विकेट हात पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया