खेलकुद

दोस्रो टेस्टमा इंगल्यान्ड हार नजिक

इकागज |
जेठ ३०, २०७८ आइतबार ७:२४ बजे

काठमाडौँ : पहिलो पालीमा न्युजिल्यान्डले शानदार प्रदर्शन गरेपछि दोस्रो पालीमा खराब प्रदर्शन गरेको इंगल्यान्ड हार नजिक पुगेको छ । दोस्रो पालीमा लगातार विकेट पतन भएपछि इंगल्यान्ड हार नजिक पुगेको हो ।

पहिलो पालीमा ३०३ रन बनाएको इंगल्यान्डले दोस्रो पालीमा १२९ रन बनाउँदा ९ विकेट गुमाइसकेको छ । न्युजिल्यान्डले पहिलो पालीमा नै ३८८ रन बनाएको थियो । पहिलो पालीमा झिनो अग्रता लिएको न्युजिल्यान्डले दोस्रो पालीमा इंगल्यान्डलाई सस्तैमा अलआउट गर्ने सम्भावना बढेपछि जित सुनिश्चित गर्ने भएको हो ।


तेस्रो दिनको खेल सकिदा इंगल्यान्डले मात्रै ३७ रनको अग्रता लिएको छ । उसले ९ विकेट गुमाइसकेको छ ।  चौथो दिन न्युजिल्यान्डले झिनो लक्ष्य पूरा गर्दै सहजै जित्ने अनुमान गरिएको छ । यसअघि पहिलो टेस्ट बराबरीमा सकिएको थियो । 


Author

थप समाचार
x