खेलकुद

लुकाकुको गोल एरिक्सनको नाममा

इकागज |
जेठ ३०, २०७८ आइतबार ९:५३ बजे

काठमाडौँ: युरो २०२० मा शनिबार राती बेल्जियमले रुसलाई ३-० ले हरायो । रुसकै घरेलु मैदानमा भएको समूह बी को खेलमा विजयी बेल्जियमका लागि स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरे । उनले खेलको १० औँ मिनेटमै गोलको खाता खोलेका थिए । 

लुकाकुले आफ्नो पहिलो गोल क्रिस्टियन एरिक्सनमाथि समर्पित गरे । एरिक्सन शनिबारै भएको डेनमार्क र फिनल्यान्डबीचको खेल दौरान मैदानमा ढलेका थिए । ‘क्रिस स्टे स्ट्रङ । आई लभ यू,’ गोल गरेपछि लुकाकुले क्यामरातर्फ हेर्दै भनेका थिए । 


लुकाकु र एरिक्सन दुवै इन्टर मिलानबाट क्लब फुटबल खेल्छन् । रुसविरुद्धको जितपछि लुकाकुले पत्रकारहरूसँग कुरा गर्दै आफूलाई खेल्न निकै गाह्रो भएको प्रतिक्रिया दिए । ‘खेल जित्‍न सकेकोमा म खुशी छु । तर मलाई खेल्न एकदमै गाह्रो भएको थियो । एरिक्सन चाँडै निको हुन भन्‍ने चाहन्छु,’ लुकाकुले भने । एरिक्सनको हाल कोपनहेगनस्थित एक अस्पतालमा उपचार भइरहेको छ । 


Author

थप समाचार
x