खेलकुद

एलेक्सिज सान्चेजले कोपा अमेरिका गुमाउने

इकागज |
जेठ ३०, २०७८ आइतबार १७:१० बजे

काठमाडौँ: चिलीका फरवार्ड एलेक्सिज सान्चेजले यस सिजनको कोपा अमेरिका गुमाउने भएका छन् । इन्टर मिलानका खेलाडी सान्चेज शुक्रबार अभ्यास दौरानमा घाइते भएपछि खेल गुमाउने भएका हुन् ।  उनले खुट्टाको चोट बोकेको चिली फुटबल संघले जनाएको छ ।

‘सान्चेजले कोपा अमेरिका खेल्ने छैनन् । कोपा दोस्रो चरण पुग्दा सान्चेज चोटमुक्त हुने भए पनि रिह्याबिलेसन नसकिने हुँदा उनी ब्राजिल जाने छैनन् । बरु चिलीमै मेडिकल टिमको रेखदेखमा रहनेछन्,’ चिली फुटबल संघले भनेको छ । 


चिलीले कोपामा आफ्नो पहिलो खेल सोमबार खेल्दैछ । रियो डे जेनेरियोको निल्टन सान्तोस रंगशालामा सान्चेजबिनाको चिलीले अर्जेन्टिनाको सामना गर्नेछ । चिली कोपाको समूह बी मा रहेको छ । त्यस समूहमा चिली र अर्जेनिटना बाहेक बोलिभिया, पाराग्वे र उरुग्वे रहेका छन् ।  
 
 


Author

थप समाचार
x