खेलकुद

अर्जेन्टिनाले मेरो भरमा मात्रै खेल्दैनः लियोनल मेस्सी

इकागज |
जेठ ३१, २०७८ सोमवार १५:९ बजे

काठमाडौँ: कोपा अमेरिकाको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले चिलीको सामना गर्दैछ । मंगलबार बिहान हुने खेल अगाडि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो टिमका बारेमा प्रतिक्रिया दिएका छन् । 

‘बाहिर भनिए जस्तो अर्जेन्टिना कहिले पनि मेरो भरमा मात्रै खेलेको छैन । अर्जेन्टिना समग्रमा राम्रो टिम हो । प्रतिभाशाली खेलाडीहरूको समूह छ,’ मेस्सीले ब्राजिलियन सञ्चार माध्यमहरूसँग भनेका छन् । 


बार्सिलोनाका समेत कप्तान रहेका मेस्सी लामो समय यता विश्व फुटबलमा सबैभन्दा प्रतिभाशाली खेलाडी रहेको मानिँदै आइएको छ । क्लबस्तरमा च्याम्पियन्स लिग, स्पेनी लिग, क्लब विश्वकपलगायतका महत्वपूर्ण उपाधि जितेका मेस्सीले अर्जेन्टिनाबाट भने उल्लेख्य मुख्य प्रतियोगिता जित्न सकेका छैनन् ।  

त्यसकारण मेस्सीका लागि ब्राजिलमा सुरु कोपा अमेरिका अर्जेन्टिनाको जर्सीमा उपाधि जित्ने मौका हुनसक्छ । उसो त मेस्सी सन् २०१५ र २०१६ मा कोपा अमेरिकाको उपाधि नजिक पुगेका थिए । तर दुवै अवसरमा अर्जेन्टिना चिलीसँग निराश बन्यो । 

‘हामीले जितबाट प्रतियोगिताको सुरुवात गर्नुछ । त्यसपछि हामी सहज अवस्थामा रहनेछौँ । यद्यपि चिलीसँगको खेल सहज भने हुने छैन । चिली निकै नै कठिन विपक्षी हो,’ मेस्सीले भने । 


Author

थप समाचार
x