खेलकुद

आउँदा खेलमा मोराटाले गोलको खडेरी तोड्ने दाबी

इकागज |
असार १, २०७८ मंगलबार १६:४३ बजे

काठमाडौँ: अल्भारो मोराटाले स्पेनका लागि ४० खेल खेलेका छन् । ती खेलमा उनले १९ गोल गरेका छन् । हाल युभेन्टसमा रहेका मोराटाले पछिल्ला १० अन्तराष्ट्रिय खेलमा दुई गोल मात्रै गरेका छन् । उनको गोल गर्ने क्षमतामाथि बारम्बार प्रश्‍न उठ्दै आएको छ ।  

युरो सुरु हुनुअघि पनि मोरोटाले महादेशीय प्रतियोगितामा स्पेनी अग्रपंक्तिको नेतृत्व लिन सक्छन्/सक्दैनन् भन्ने बहस चलेको थियो । झन् स्विडेनविरुद्धको खेलपछि त मोरोटाको आलोचना भइरहेको छ । जसले कयौँ मौका पाउँदा पनि स्विडेनको पोस्टमा गोल गर्न सकेनन् । 


समर्थकबाट मोराटाको आलोचना भइरहेका बेला स्पेनी टिमकै एयमेरिक लापोर्टेले भने आफ्ना साथी खेलाडीको बचाउ गरेका छन् । म्यानचेस्टर सिटीका लापोर्टेले भनेका छन्, ‘मोराटाले विगतमा पनि स्पेनी टिमका लागि पर्याप्त गोल गरेका छन् । स्विडेनविरुद्ध उनले गोल गर्न सकेनन् । तर आउँदा खेलमा उनीबाट पक्कै पनि गोल निस्कनेछ । त्यसपछि उनका आलोचक चुप हुनेछन्,’

लापोर्टेको प्रतिक्रियासँग स्पेनी प्रशिक्षक लुइस एनरिके पनि सहमत छन् । स्विडेनसँगको खेलमा मोराटा अभागी देखिएको एनरिकेको भनाइ थियो । ‘मोराटाको आलोचना भइरहेको छ । तर उनको खेल मन पराउनेको संख्या पनि उक्तिकै छ । स्विडेनसँगको खेलपछि मोराटाका लागि ताली बझाउने पनि थिए । त्यसकारण म पनि मोराटाका लागि ताली बझाउने समूहसँग रहन चाहन्छु,’ एनरिकेले भने । 


Author

थप समाचार
x