खेलकुद

डेनिस प्रशिक्षकले गरे युईएफएको आलोचना

इकागज |
असार १, २०७८ मंगलबार १८:२१ बजे

काठमाडौँ: युरोमा गत शनिबार डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन खेल दौरान मैदानमा ढले । जसका कारण खेल केही स्थगित भएर फेरि सुरु भयो । खेल हुने वा नहुने भन्ने अन्यौल रहेकै बेला दुवै टिमका खेलाडी मैदान प्रवेश गरेका थिए । 

त्यसबखत आफूहरूलाई केही दिनका लागि खेल सार्ने सुविधा नदिईएको डेनमार्कका प्रशिक्षक कास्पर हुलमन्डले दाबी गरेका छन् । ‘हामीलाई कि त त्यही दिन खेल्न वा आइतबार दिउँसो खेल्न भनियो । कोभिड–१९ का कारण खेल ४८ घण्टा पर धकेल्न मिल्ने तर खेलाडीलाई हृदयघात हुँदा त्यति अवधिका लागि सार्न नमिल्ने कस्तो नियम हो?’ हुल्मन्डको प्रश्न थियो ।  हुलमन्डले युरोपियन फुटबल महासंघ (युईएफए) को आलोचना गर्दै थप प्रतिक्रिया दिएका छन्, ‘युईएफएले डेनिस टिमलाई खेलको चिन्ता नगर भन्‍नु पर्थ्याे,’



Author

थप समाचार
x