खेलकुद

जर्मनीको आत्मघाती गोलबाट फ्रान्सको विजयी सुरुवात

इकागज |
असार २, २०७८ बुधबार ६:२१ बजे

काठमाडौँ : विश्व विजेता फ्रान्सले युरो २०२० च्याम्पियनशिपमा विजयी सुरुवात गरेको छ । मंगलबार राती भएको खेलमा फ्रान्सले जर्मनीलाई १-० गोलले हराएको हो । तर यो जित फ्रान्सले गोल गरेर नभई जर्मनीको आत्मघाती गोलबाट सम्भव भएको हो ।

जर्मनीका म्याट्स ह्युमेल्सले आत्मघाती गोल गर्दा फ्रान्सको जित भएको हो । सन् २०१६ को उपविजेता फ्रान्सले विश्वकपमा उपाधि उचालेको थियो । यसपटक बलियो ठानिएको फ्रान्स उपाधि दाबेदार टिम हो । 


ग्रुप एफमा रहेको फ्रान्स र पोर्चुगलले गएरातीको जितबाट तीन तीन अंक बटुलेका छन् । गोल अन्तरका आधारमा पोर्चुगल शीर्ष स्थानमा छ । 


Author

थप समाचार
x