खेलकुद

रहेनन् चर्चित अर्जेन्टिनी फुटबलर म्याराडोना

इकागज |
मंसिर ११, २०७७ बिहीबार ०:१० बजे

काठमाडौँ :  विश्वकै चर्चित, आक्रमक र सर्वकालिन महान फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । उनलाई मस्तिष्क सम्बन्धी समस्या देखिएको थियो । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक/प्रशिक्षक समेत रहेका म्याराडोनाको घरमै रहेका बेला हृदयाघातका कारण बुधबार निधन भएको हो

गत महिना मस्तिष्कमा समस्या भएपछि उनको ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो। दुई साता अघि मात्रै म्याराडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । त्यसपछि उसलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 


उनी आफ्नो खेल जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा लोकप्रिय थिए । म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप  उचालेको थियो । सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिनालाई फाइनलसम्म उनले पुर्‍याएका थिए । विश्वकपमा तत्कालिन वेष्ट जर्मनीसँग फाइनलमा पराजित हुँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप उचाल्न चुकेको थियो । तर, उनी उत्कृष्ट खेलाडीको रूपमा विश्वभर चिनिए । 

उनले खेल जीवनमा एक पछि अर्काे उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आफ्नो क्लब क्यारियरमा केवल बार्सिलोना र नेपोलीका लागि मात्रै खेले । नेपोलीबाट उनले दुई सिरी एको उपाधि समेत जितेका उनी फुटबल जीवनको दोस्रो चरणमा भने लागु औषधमा डुवे । त्यही कारण  १९९१ मा उनलाई १५ महिना खेलमा प्रतिबन्ध नै लाग्यो । फुकुवासँगै केही वर्ष राम्रो खेले तर पुरानो लयमा जम्न सकेनन् र ३७ वर्षको उमेरमा १९९७ मा व्यवसायिक फुटबलबाट सन्यास घोषणा गरे ।   


Author

थप समाचार
x