लाम्पार्डलाई किन टाउको दुखाई बन्यो खेलाडी छनोट ?
काठमाडौँ : युरोपियन क्लब फुटबलमा सधै भन्ने गरिन्छ, ‘क्लब मालिक हुन् त चेल्सीको जस्तो ।' नभनुन् पनि किन ? रोमन अब्राहिमोभिचले जस्तो खेलाडीमा मन खोलेर खर्च गर्न सक्ने क्लब मालिक कम नै छन् । यस सिजनका लागि मात्रै चेल्सीले सरुवा बजारमा २ सय २२ मिलियन पाउन्ड खर्च गर्यो ।
चेल्सीसँग पहिलो एघारमा मात्रै होईन, बेन्चमा पनि विश्व स्तरिय खेलाडीहरू रहन्छन् । मंगलबार रेन्सविरुद्धको जितमा चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले दोस्रो हाफमा विश्वकप बिजेता ओलिभर जिरुड र एनगोलो कान्टेलाई मैदान छिराए । अनि यसै सिजन आयाक्सबाट आएका हाकिम जियच र बार्यन लेभरकुजनबाट आएका काई हार्बट्सलाई पनि खेलमा १५ मिनेट बाँकी रहदा प्रयोग गरियो ।
युरोपको क्लब फुटबलमा थोरै क्लबहरूसँग मात्र बेन्चमा विश्वस्तरिय खेलाडीहरू राख्ने सुबिधा हुन्छ । कोभिड-१९ कोरोना भाइरसका कारण प्रभावित सरुवा बजारमा ठूलो रकम खर्च गरेको चेल्सीले यस्तो बलियो टीम निर्माण गरेको हो ।
तर कुनै पनि टीममा स्थापित खेलाडीहरूको संख्या धेरै हँुदा प्रशिक्षकको टाउको भने दुख्छ । किनभने ती खेलाडीहरूलाई उनीहरूले चाहे जस्तो मौका र भूमिका दिन सकिदैन । चेल्सीमा पनि जिरुड लगायतका स्थापित नामहरूले पर्याप्त मौका पाईरहेका छैनन् । त्यसकारण पनि उनी लगायत केही खेलाडीहरूले आउँदो जनवरीमा क्लब छाड्ने प्रयास गर्नेछन् ।
तर, के लाम्पार्डले सबै खेलाडीलाई खुसी पार्न सम्भव छ ? आखिर उनले एकपटकमा एघार खेलाडीलाई नै त मैदानमा उर्तान सक्नेहुन् । त्यसो त लाम्पार्डले क्रमशः बलियो टीम उर्तादै आएका छन् । त्यसकै नतिजा हो, पछिल्ला १० खेलमा चेल्सी अपराजित रहनु । तर आउँदा खेलहरूका लागि लाम्पार्डलाई टीम छनौट गर्न त्यती सजिलो हुने छैन् ।
लाम्पार्डका लागि खेलाडी छनौट गर्नु टाउको दुखाईको विषय होला । तर धेरै खेलाडी भएकै कारण नै चेल्सीले प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधी सपना देखेको हो ।
मौका दिएका बेला जिरुडले लाम्पार्डलाई निराश पारेका छैनन् । तर चेल्सी प्रशिक्षकले ट्यामी अब्रहामलाई बेन्चमा राखेर फ्रेन्च स्ट्राईकर जिरुडलाई पहिलो रोजाईको ‘नम्बर नौ’ बनाएर खेलाउने सम्भावना छैन् । ‘अहिले ट्यामीले राम्रो खेलीरहेका छन् । त्यसकारण म उनीबाट खुशी छु । तर जिरुड पनि हाम्रो टीमका लागि उत्तिकै महत्वपूर्ण छन्,’ लाम्पार्डले भने, ‘हो सबै खेलाडी प्रत्येक खेल खेल्न चाहन्छन् । तर सबैलाई बराबरी मौका दिन सम्भव छैन । आशा छ जिरुडले मेरो बाध्यता बुझ्नेछन् ।’
यता चेल्सी एकेडेमीका उत्पादन क्यालुम हड्सन ओडोई पनि जिरुड जत्तिकै निराश छन् । लाम्पार्डले उनलाई पनि पर्याप्त खेल्ने मौका दिएका छैनन् । गत ‘समर विन्डो’ मा चेल्सीले ओडोईलाई बार्यन म्युनिख जानबाट रोकेका थिए ।
बार्यनले २०-वर्षिय ओडाईलाई तत्काल ऋणमा अनुबन्धन गर्ने तयारी गरेको थियो । तर, ओडोईलाई चेल्सीले पर्याप्त खेल्ने मौका दिने बाचा सहित क्लबमै राख्न सफल भयो । तर चेल्सीले जियच र हार्बट्स जस्ता आक्रमक खेलाडी खरिद गरेपछि ओडोईले मौका पाउने सम्भावना न्यून भयो ।
च्याम्पियन्स लिगमा रेन्ससँगको खेल अघि ओडोई यस सिजन चेल्सीको पहिलो एघारमा चार पटक मात्र परेका थिए । स्वभाविक रूपमा उनी मौका पाउँदा गोल गर्छु भन्ने लक्ष्यमा थिए । जुन लक्ष्य उनले फ्रान्समा पुरा गरे । चेल्सीको पहिलो एघारमा नपर्ने खेलाडीहरूको स्तर अन्य प्रिमियर लिग वा ठूला लिग खेल्ने क्लबहरूको पहिलो एघारमा पर्ने जत्तिको छ । त्यसकारण आक्रमण विभागमा मात्र होईन, पहिलो एघारमा पर्न रक्षकहरूबीच पनि तिब्र प्रतिस्पर्धा छ । चेल्सीको टीममा लेफ्ट ब्याक मात्र तीन जना छन् । अनि ‘सेन्ट्रल हाफ’ मा खेल्न सक्ने पाँच खेलाडी छन् ।
लाम्पार्डलाई प्रत्येक खेलका लागि खेलाडी छनौट गर्न टाउको दुखाई छ । त्यसो त स्थापित नामहरूलाई ब्यस्थापन गर्न सजिलो छैन । तर उनी हतास भने देखिएका छैनन् । ‘हाम्रो टीममा खेलाडी छनौट गर्न सजिलो छैन् । किनभने सबै खेलाडीहरू उत्तिकै प्रतिभाशाली र प्रमाणित छन् । तर चेल्सी जत्तिको ठूलो टीममा यी खेलाडीहरूको संख्या धेरै हुन आवश्यक छ । किनभने क्रिसमसका बेला मात्रै, हामीले दुई-दुई दिनको फरकमा बलियो प्रतिद्वन्द्वीहरूसँग आमनेसामने हुनुपर्छ,’ लाम्पार्डले भने ।
प्रिमियर लिगका अन्य ठूला क्लबहरूको जस्तै चेल्सीको पनि आउँदा माहिनाहरूमा ब्यस्त तालीका छ । तर त्यसका लागि चेल्सीका खेलाडीहरू तयार छन् । लाम्पार्डका लागि खेलाडी छनौट गर्नु टाउको दुखाईको विषय होला । तर धेरै खेलाडी भएकै कारण नै चेल्सीले प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधी सपना देखेको हो । (गोलडटकम बाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया