खेलकुद

के पोग्बा विश्‍वकै उत्कृष्ट खेलाडी बन्‍न सक्लान् ?

इकागज |
असार २, २०७८ बुधबार १३:४५ बजे

काठमाडौँ: एन्गोलो कान्टेले गत सिजन चेल्सीसँग च्याम्पियन्स लिग जिते । लन्डन क्लब युरोपियन च्याम्पियन बन्दा फ्रेन्च मिडफिल्डर कान्टेको भूमिका उल्लेख्य थियो । उसो त इंग्लिस प्रिमियर लिग आएदेखि नै कान्टेको प्रदर्शन बलियो रहँदै आएको छ । 

तर यस पटक उनले बालोन डोर नै जित्ने अपेक्षा गरिएको छ । झन् फ्रान्सले युरो २०२० पनि जिते, कान्टे बालोन डोरको बलियो प्रत्यासी बन्नेछन् । प्रतिष्ठित फुटबल अवार्डका लागि कान्टेसँग प्रतिस्पर्धा गर्ने अर्का खेलाडी पनि फ्रान्सकै हुनेछन् । ती खेलाडी हुन्, किलियान एमबाप्पे। 


फ्रान्सका दुई खेलाडी बालोन डोर जित्ने होडमा रहँदा अर्का फ्रेन्च खेलाडीको नाम पनि सम्झनामा आउँछ । जसका बारेमा युभेन्टसका पूर्व गोलरक्षक जियानजुली बुफोनले भविष्यभाणी गरेका थिए । ‘कुनैदिन पउल पोग्बालेले बालोन डोर जित्नेछन्,’ बुफोनले सात वर्ष अगाडि भनेका थिए । 

हो, पोग्बाले बालोन डोर जित्ने सम्भावना न्यून छ । तर उनी प्रतिभाशाली खेलाडी भएकोमा भने शंका छैन । भलै उनले म्यानचेस्टर युनाइटेडको जर्सीमा आफ्नो स्तर अनुसारको खेल्न नसकेका हुन् । तर फ्रान्सका लागि भने पोग्बाको खेल सधैँ तारिफयोग्य रहँदै आएको छ । मंगलबार राती जर्मनीविरुद्धको खेलमा पोग्बा चम्किए । 

उसो त पोग्बाले आफू युनाइटेडमा भन्दा फ्रेन्च टिमबाट खेल्दा बढी सहज महसुस गर्ने बताइसकेका छन् । ‘युनाइटेड र फ्रेन्च टिमबीचको खेल शैलीमा भिन्नता छ । युनाइटेडबाट खेल्दा मैले रक्षापंक्तिलाई सहयोग गर्नुपर्ने हुन्छ । फ्रान्सबाट खेल्दा भने म खुला भूमिकामा हुन्छु । त्यसकारण मैले एट्याकिङ मुभहरू बनाउन पाउँछु,’ पोग्बाले फ्रेन्च अखबार एल इक्यिुपेसँग भनेका छन् । 

जर्मनीसँगको खेलमा पोग्बा ठ्याक्कै त्यस्तै भूमिकामा देखिए । उनले जर्मन टिमको क्षेत्रमा लगातार धावा बोलिरहेका थिए । त्यसतर्फ पास निकालिरहेका थिए । हुन त कान्टेसँग एउटै मिडफिल्डबाट खेलिरहेकाले पनि पोग्बालाई सजिलो भएको हुनुपर्छ । तर पोग्बाले निरन्तर आफ्नो क्षमता प्रदर्शन गरे । उनले अन्य खेलाडीले भन्दा धेरै पटक (१२) विपक्षीको नियन्त्रणमा भएको बल खोसे । त्यसैगरी अन्य खेलाडीले भन्दा धेरै पटक हेडर जिते भने विपक्षीको मुभ ब्रेक गरे । 

फ्रान्सका एमबाप्पे र करिम बेन्जेमाले गरेका अफसाइड गोलमा देखिएको बिल्ड–अपमा पनि पोग्बाको संलग्नता थियो । खेलमा पोग्बा अरु भन्दा उत्कृष्ट खेलाडी देखिए । म्यान अफ दि म्याचको अवार्ड पनि हात पारे । यस्तोमा प्रश्न उठ्छ, के पोग्बा विश्वक कै उत्कृष्ट खेलाडी बन्लान् ? समयले बताउँला । 
गोल डटकमबाट 


 


Author

थप समाचार
x