खेलकुद

कोकाकोला प्रकरण

युईएफएको चेतावनी : खेलाडीलाई होइन फुटबल संघलाई कारबाही हुनसक्छ

इकागज |
असार ४, २०७८ शुक्रबार १६:५३ बजे

काठमाडौँ: केही दिनअघि क्रिस्टियानो रोनाल्डोको एउटा भिडियो लोकप्रिय बन्यो । त्यस भिडियोमा पोर्चुगलका कप्तान रोनाल्डो पत्रकार सम्मेलन दौरान आफ्ना अगाडि राखिएको पेय पदार्थ कोकाकोला हटाइरहेका देखिन्थे । त्यस भिडियोलाई विश्वभरका फुटबल समर्थकले त रुचाए तर युरोपेली फुटबल महासंघ (युईएफए)ले भने मन पराएन । 

रोनाल्डोले कोकाकोलाको बोतल हटाएर पानीको बोतललाई आफ्ना अगाडि ल्याएको एक दिनपछि फ्रान्सका मिडफिल्डर पउल पोग्बाको शैली पनि उस्तै देखियो । मुस्लिम धर्म मान्‍ने पोग्बाले पत्रकार सम्मेलन दौरान आफ्ना अगाडि राखिएको हाइनेकन बियरको बोतल हटाए । यो सिलसिला यतिमै रोकिएन । कोकाकोलाको बोतल हटाउने खेलाडीको सूचीमा इटालीका मिडफिल्डर म्यानुएल लोकाटोली पनि थपिए । 


कोकाकोला र हाइनेकेन युरो २०२० का आधिकारिक प्रायोजक हुन् । तीसँग युईएफएले औपचारिक सम्झौता गरेको छ । जसका कारण ती ब्रान्डप्रति आफ्नो दायित्व रहेको युइएएफएको भनाइ छ । ‘हामी सबै टिमलाई जानकारी गराउन चाहन्छौँ, प्रयोजकप्रति युईएफएको दायित्व हुन्छ । उनीहरुसँग गरेको सम्झौता अनुसार हामी चल्नुपर्छ । प्रायोजकहरूले हाम्रो फुटबललाई प्रायोजन गर्दा नै यस किसिमका प्रतियोगिता सञचालन गर्न सम्भव हुने हो,’ युईएफएले भनेको छ । 

युरो २०२० प्रतियोगिता निर्देशक मार्टिन कालेनले धार्मिक कारणले हाइनेकनको बोतल हटाउँदा समस्या नहुने पनि प्रष्ट पारे । तर अन्य कारणले हटाउँदा प्रायोजन सम्झौताको खिलाफ हुने कालेनको भनाइ थियो । युरोमा सहभागी हुने टिमका आ–आफ्ना फुटबल संघले प्रायोजन सम्झौता सम्बन्धि कागजातमा हस्ताक्षर गरेको हुने र कारबाहीको निर्णय भए संघ दण्डित हुने तर खेलाडीलाई सिधै जरिवाना नगरिने कालेनको भनाइ थियो । 

‘हामीले सबै संघलाई सचेत गराइसकेका छौँ । खेलाडीहरूलाई जरिवाना गर्ने कुरा आउँदैन । तर संघलाई भने जरिवाना गराउने सम्भावना सधैँ जिवित नै रहन्छ,’ कालेनले भने । 


Author

थप समाचार
x