प्रधानमन्त्री कप भलिबल लिग
पुरुषतर्फ नेपाल स्पोर्ट्स र महिलातर्फ पुलिस क्लब विजयी
काठमाडौँ- आठौं प्रधानमन्त्री कप भलिबल लिगको उपाधि टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल पुरुष तर्फको उपाधि जितेको हो । फाइनलमा टिप टप हेल्प नेपालले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको छ ।
खेलमा पहिलो सेट हेल्प नेपालले २२-२५ ले जितेकोमा दोस्रो सेट भने गण्डकीले २५-२० ले जित्यो । त्यसपछिको तेस्रो र चौथो सेट २०-२५ र २०-२५ ले जित्दै टिप टप हेल्प नेपालले उपाधि जितेको थियो ।
त्यस्तै प्रतियोगिताको महिलातर्फ एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले उपाधि जित्यो । पुलिस क्लबले एभरेस्टलाई ३-२ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५-२१ ले र दोस्रो सेट पनि २५-२३ ले जितेको थियो ।
तर, त्यसपछिको दुवै सेट एभरेस्टले २०-२५ र २०-२५ ले जितेपछि पाँचौ सेट रोमाञ्चक बनेको थियो । पाँचौं सेटमा पुलिसले १५-१२ ले विजयी हुँदै उपाधि जितेको थियो ।
उपाधिसँगै विजेताले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो हुने टिमले चार लाख प्राप्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया