खेलकुद

सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता आजबाट गोकर्णमा

इकागज |
असार ४, २०८१ मंगलबार १२:५२ बजे

काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप आजदेखि गोकर्ण गल्फ क्लबमा सुरू भएको छ । ७२ होलको चारदिने प्रतियोगिता शुक्रबारसम्म हुनेछ ।

कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन। यस्तै चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ । कुल २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।


पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरको सहभागिता रहने जानकारी पत्रकार सम्मेलनमा पीजीए नेपालका महासचिव दिपक आचार्यले दिए । दुई दिनको खेल पश्चात कट लागु हुनेछ । ३६ होलको समाप्तीमा उत्कृष्ट २१ र टाइमा पर्ने प्रोफेसनल खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन् । एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ ।

यो सिजनको अन्तिम प्रतियोगिता पश्चात सिजन अवधिभर कूल पुरस्कार रकम प्राप्त गरेको आधारमा नम्बर एक गल्फरको होडमा अहिले भुवन नगरकोटी सबैभन्दा अगाडि रहेका छन् । उनी धरानका निरज तामाङ भन्दा १ लाख १८ हजार ८ सय ७५ रूपैयाँले अगाडि छन् । भुवनले यो सिजनको सात प्रतियोगिता सकिंदा ५ लाख ६६ हजार ८ सय ७५ नगद पुरस्कार कमाएका छन् । उनले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए ।

निरज तामाङ ४ लाख ४८ हजार सहित मनि लिडर तालिकामा दोस्रो स्थानमा छन् । उनले यो सिजन सूर्य नेपाल काठमाडौँ ओपनको उपाधि जितेका थिए । सूर्य नेपाल म्याच प्ले जितेका दिनेश प्रजापति ३ लाख ७२ हजार सहित तेस्रो स्थानमा छन् । सूर्य नेपाल च्यालेन्ज जितेका रवि खड्का ३ लाख ७२ हजार सहित चौथो र २ लाख ६० हजार ७ सय २५ नगद सहित सञ्जय लामा पाँचौ स्थानमा रहेका छन् ।

मनि लिडरहरूलाई डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले चुनौती प्रस्तुत गर्ने संभावना उच्च छ । एमेच्योर गल्फर रहँदा सुबाशले कुल पाँच उपाधि जितेका छन। यो सिजन प्रो बनेपछि उनको यो घरेलु टुरमा दोस्रो प्रतियोगिता हो । यो सिजन सात मध्ये दुई प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन र सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसीप जितेका एमेच्योर गल्फर सदभाव आचार्य पनि प्रमुख दाबेदार हुन् । उनले यो सिजन सात प्रतियोगिताको समाप्तीमा कुनै पनि प्रोले भन्दा बढी उपाधि जितेका छन् ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको प्रो-एम शनिबार हुनेछ । २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहनेछ ।


Author

थप समाचार
x