खेलकुद

टेस्ट च्याम्पियनसिप फाइनल

भारतको सामान्य प्रदर्शन, कोहली र रहाणेमाथि भरोसा !

इकागज |
असार ६, २०७८ आइतबार ६:९ बजे

काठमाडौँ : विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा न्यूजिल्यान्डविरुद्ध भारतले सामान्य प्रदर्शन गरेको छ । पहिलो दिन वर्षाले प्रभावित भएको खेल दोस्रो दिनमा टस भएर सुरुवात भएको थियो । शनिबार टस हारेर ब्याटिङ थालेको भारतले खराब सुरुवात गरेको थियो । 

उसका शीर्ष बरियताका तीनै जना ब्याट्सम्यान सस्तैमा आउट भए । रोहित शर्मा ३४, शुभमान गिल २८ र चेतेश्वर पुजारा ८ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान विराट कोहली र उपकप्तान आजिन्क्या रहाणेले ५८ रनको साझेदारी गरेका छन् । 


खेल सुरु भएको पहिलो दिनको पहिलो पालीमा भारतलाई १४६/३ को अवस्थामा पुर्याउन कप्तानी जिम्मेवारीमा रहेका दुवै जनाले सम्हालिएर ब्याटिङ गरिरहेका छन् । कोहली ४४ र रहाणे २९ रनमा नटआउट छन् । न्युजिल्यान्डका नेइल वागनेर, कायल जेम्मीसन र ट्रेन्ट बोल्टले एक एक विकेट लिएका छन् ।

न्युजिल्यान्डका फास्ट बलरसामु रन बनाउन भारतलाई कठिन छ । तर निकै अनुभवी र सम्हालिएर ब्याटिङ गर्ने कोहली र रहाणेमाथि नै भारतको भरोसा छ । सोही कारण पनि उनीहरुलाई फाइनल जिताउने इनिङ खेल्नुपर्ने बाध्यता छ । 

भारत टेस्ट च्याम्पियनसिपको शीर्ष स्थानमा रहेको टिम हो भने न्युजिल्यान्ड दोस्रो स्थानमा छ । सोही कारण उनीहरुले फाइनल खेल्न पाएका हुन् ।


Author

थप समाचार
x