अभ्यासमा हाजार्ड अल्छी गर्छन्ः मौउरिन्हो
काठमाडौँ : बेल्जियमका प्लेमेकर/विङगर एडेन हाजार्ड जुलाई, २०१२ मा चेल्सीसँग आबद्ध भए । त्यसको करिब एक वर्षपछि जोसे मौउरिन्हो पनि स्टाम्फोर्ड ब्रिज फर्किए । यी दुईले चेल्सीमा सँगै इंग्लिस प्रिमियर लिग र युरोपा लिग जिते । कालान्तरमा दुवैले चेल्सी छाडे । हाजार्ड हाल रियल म्याड्रिडमा छन् भने मौउरिन्हो इटालियन क्लब एएस रोमामा ।
मौउरिन्होको प्रशिक्षणमा हाजार्डले तीन सिजन खेले । त्यस दौरानको अनुभव मौउरिन्होले हालै सुनाएका छन् । हाजार्ड प्रतिभाशाली खेलाडी भएकोका शंका नरहेको तर उनले अभ्यासमा सधैँ अल्छी गर्ने गरेको मौउरिन्होको भनाइ छ ।
‘उनी प्रत्येक बिहान ट्रेनिङ सेन्टर पुग्छन् । तर अभ्यासमा मन लगाउँदैनन् । अभ्यास गर्न अल्छी मान्छन् । तर खेलमा उनी अल्छी गर्दैनन् । अभ्यासमा मेहेनत गर्ने भएको भए हाजार्डको खेल अझ पस्किृत हुन्थ्यो,’ मौउरिन्होले बेलायती रेडियो स्टेसन टक स्पोटर्ससँग कुरा गर्दै भनेका छन् । ‘उनी विश्वकै सबैभन्दा ठूलो क्लब रियलमा छन् । त्यसकारण पनि उनी दबाबमा छन् । तर उनी त्यहाँ सर्वोत्कृष्ट खेलाडी हुन सक्छन्,’ मौउरिन्होले थपे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया