खेलकुद

क्लोज प्रोटेक्सन जुडो च्याम्पियनसीप सम्पन्‍न

इकागज |
असार १२, २०८१ बुधबार १६:३३ बजे

काठमाडौँ- नेपाल जुडो महासंघ र क्लोज प्रोटेक्सन जुडो डोजो नेपाली सेनाको संयुक्त आयोजनामा क्लोज प्रोटेक्सन जुडो च्याम्पियनसीप २०२४ सम्पन्न भएको छ ।

ओलम्पिक डे २०२४ को अवसरमा उपत्यका पृतना हेडक्वार्टरको हाता भित्र रहेको नालापानी कभर्ड हलमा उक्त जुडो च्याम्पियनसीप सम्पन्न भएको हो ।


 मंगलबार सम्पन्न च्याम्पियनसीपमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रबाट २९ खेलाडी, प्यारा तालिम शिक्षालयबाट २० खेलाडी र निर्देशनालयबाट ३१ खेलाडीको सहभागिता रहेको थियो ।​​

च्याम्पियनसीपमा ६८ पुरुष तथा १२ महिला खेलाडीको सहभागिता रहेको थियो । च्याम्पियनसीपमा ७ खेलाडीले स्वर्ण, ७ खेलाडीले रजत तथा १४ खेलाडीले कास्य पदक प्राप्त गरे ।

त्यसमध्ये निर्देशनालयका ४ खेलाडीले स्वर्ण, ४ खेलाडीले रजत तथा ११ खेलाडीले कास्य पाए । तालिम तथा खेलकुद केन्द्रका ३ खेलाडीले स्वर्ण, ३ खेलाडीले रजत तथा ६ खेलाडीले कास्य पाए भने प्यारा तालिम शिक्षालयका ५ खेलाडीले कास्य पदक प्राप्त गरे ।

विजेता खेलाडी, जुरी, रेफ्रि, टेक्निकल र अफिसियलहरूलाई युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।


Author

थप समाचार
x