खेलकुद

पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी हुने

इकागज |
असार २०, २०८१ बिहीबार ७:३८ बजे

काठमाडौँ- फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् ।  

नेपाल ओलम्पिक कमिटीका अनुसार प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुनेछन् । नेपालबाट सहभागी हुने खेलाडीहरू अहिले देश तथा विदेशमा प्रशिक्षणमा रहेको कमिटीले जानकारी दिएको छ ।  


नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन् ।  


Author

थप समाचार
x