खेलकुद

फ्रान्सका डेम्बेले युरोबाट बाहिरिए

इकागज |
असार ७, २०७८ सोमवार १५:२७ बजे

काठमाडौँ: फ्रान्सका विङगर औसमाने डेम्बेलेले युरो २०२० का बाँकी खेल गुमाउने भएका छन् । फ्रेन्च टेलिभिजन च्यानल आरएमसीका अनुसार बार्सिलोनाका खेलाडी डेम्बेले घुँडाको चोटका कारण करिब तीन साता मैदान बाहिर रहने भएका हुन् । 

डेम्बेले हंगेरीसँगको खेल दाैरान घाइते भएका थिए । एड्रिय राबोइटको स्थानमा ५७ औँ मिनेटमा मैदान प्रवेश गरेका २४ वर्षिय फरवार्ड ८७ औँ मैदानबाट बाहिरिएका थिए । फ्रान्सको अग्रपंक्तिले अपेक्षाकृत खेल देखाउन नसकिरहेका बेला ड्रिडियर डेस्चाम्पसले डेम्बेलेलाई ‘प्लान बी’ का रुपमा प्रयोग गरिरहेका थिए ।



Author

थप समाचार
x