खेलकुद

टेलिभिजन र अखबारमा आएका प्रतिक्रियातर्फ ध्यान दिएका छैनौँः रहिम स्टर्लिङ

इकागज |
असार ७, २०७८ सोमबार १७:४७ बजे

काठमाडौँ: जारी युरो २०२० मा रहिम स्टर्लिङ इंगल्यान्डको मुख्य अस्त्रका रुपमा देखा परेका छन् । युरोको समूह 'डी' मा रहेको इंगल्यान्डले जम्मा एक गोल गरेको छ । त्यो गोल गर्ने खेलाडी स्टर्लिङ नै हुन् । कप्तान तथा टिमका मुख्य स्ट्राइकर ह्यारी केनले अपेक्षाकृत लय देखाउन नसकिरहेका बेला म्यानचेस्टर सिटीका विङगर नै इंग्लिस टोलीका लागि गोलको स्रोत बन्‍ने अनुमान गरिएको छ । 

राष्ट्रिय टिमका प्रशिक्षक ग्यारेथ साउथगेटको रोजाइमा परिरहेका स्टर्लिङले हालै आफ्नो क्लब करियरबारेमा पनि टिप्पणी गरेका छन् । उनले आफू सिटीमा खुशी नभएको प्रतिक्रिया दिएका छन् । ‘जो सुकै खेलाडीलाई पनि खल्न पाउँदा खुशी लाग्छ । इंग्लिस टिमबाट प्रत्येक खेल खेलिरहेको छु । त्यसकारण म खुशी छ । खेल्न पाउँदा खुशी हुने मेरो सानैदेखिको बानी हो । त्यसकारण खेल्न नपाउँदा अवश्य पनि दुख लाग्छ,’ सिटीतर्फ इंगित गर्दै स्टर्लिङले भने । 


गत सिजन सिटीमा स्टर्लिङले कुल ३१ खेल खेले । त्यसमध्ये तीन खेलमा उनी बेन्चमा थिए । अनि सात लिग खेलमा उनी टिममै परेनन् । च्याम्पियन्स लिगमा पनि स्टर्लिङललाई १३ खेलमध्ये सात खेलमा मात्रै पहिलो एघारमा राखियो । पेप ग्वार्डिओलाले रियाद माहरेज र फिल फोडनलाई प्राथमिकतामा राख्दा स्टर्लिङको भूमिका सीमित भयो । त्यसको असर उनको लयमा पनि देखियो । उनले लिगमा १० गोल गरे भने आठ असिस्ट  प्रदान गरे । च्याम्पियन्स लिगमा स्टर्लिङले जम्मा एक गाेल गरे । जब कि उनले अघिल्लो सिजन २० लिग गोल तथा छ च्याम्पियन्स लिग गोल गरेका थिए । 

 

राष्ट्रिय टिमका प्रशिक्षक ग्यारेथ साउथगेटको रोजाइमा परिरहेका स्टर्लिङले हालै आफ्नो क्लब करियरबारेमा पनि टिप्पणी गरेका छन् । उनले आफू सिटीमा खुशी नभएको प्रतिक्रिया दिएका छन् ।

सन् २०१५ मा लिभरपुलबाट सिटी पुगेका स्टर्लिङले त्यहाँ कुल २ सय ९२ खेल खेल्दै १ सय १४ गोल गरेका थिए । ग्वार्डओलाको नेतृत्वमा सिटी लिगमा सफलता प्राप्त गर्दा स्टर्लिङको भूमिका उल्लेख्य रहँदै आएको छ । तर पछिल्लो समय भने उनी ग्वार्डिओलाको प्रमुख रोजाइको अग्रपंक्तिमा पर्न छाडेका छन् । त्यसकारण उनले आउँदो सरुवा बजारमा सिटी छाड्न सक्ने अनुमान बेलायती सञ्चार माध्यमले गरिरहेका छन् । 

जारी युरोमा इंगल्यान्डको लयबारेमा पनि स्टर्लिङले आफ्नो भनाइ राखेका छन् । स्कटल्यान्डसँगको बराबरीपछि इंगल्यान्ड प्रशिक्षक साउथगेटको आलोचना भइरहेको परिप्रेक्ष्यमा उनले भने, ‘उग्र प्रतिक्रिया आइरहेको छ । समर्थकहरू अलिक बढी चिन्तित देखिएको हो कि भन्‍ने पनि लागिरहेको छ । टेलिभिजन र अखबारहरूमा हाम्रो बारेमा भनिएका र लेखिएका कुरातर्फ हामीले ध्यान दिएका छैनौँ । हाम्रो ध्यान अभ्यासमै छ । राम्रो गर्ने प्रयत्न गरिरहेका छौँ । खेलाडीहरू दबाबमा छैनन् ।’


Author

थप समाचार
x