खेलकुद

अन्तर्राष्ट्रिय फुटबलमा युकेका चार फरक टिम किन ?

इकागज |
असार ७, २०७८ सोमबार १९:४३ बजे

काठमाडौँ : इंगल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्ड मिलेर संयुक्त अधिराज्य (युके) बनेको हो । इंगल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्ड आफैँमा स्वतन्त्र मुलुक होइनन्, तर तीनका आ-आफ्ना राष्ट्रिय फुटबल टिम छन् । इंगल्यान्ड, स्कटल्यान्ड र वेल्स त जारी युरो २०२० मा समेत सहभागी छन् । यस्तोमा प्रश्‍न उठ्छ, एउटा सार्वभौम मुलुकको किन चार फरक फुटबल टिम ? यो प्रश्नको उत्तर यस आलेखमा खोज्ने प्रयास गरिएको छ । 

पहिलो अन्तराष्ट्रिय फुटबल खेल 


फुटबलको जन्म युकेमा भएको तथ्यमा सबैको एकमत छ । अनि फुटबल खेलको थप विकास र विस्तार पनि युकेमै भएको हो । त्यसकारण हुनसक्छ, अन्तर्राष्ट्रिय फुटबलमा पहिलो खेल नै इंगल्यान्ड र स्कटल्यान्डबीच खेलियो । स्कटिस राजधानी ग्लास्गोमा नोभेम्बर, १८७२ भएको सो खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो ।

इंग्लिस फुटबल संघ (एफए) सन् १८६३ मा स्थापना भयो । त्यसको एक वर्षपछि नै स्कटिस फुटबल संघ (एसएफए) जन्मियो । त्यस्तै सन् १८७६ मा फुटबल एसोसिएसन अफ वेल्स (एफएडब्लु) र सन् १८८० मा अविभाजित आयरल्यान्डको आइरीस फुटबल संघ (आईएफए)को स्थापना भयो । चार फुटबल संघको स्थापनासँगै ब्रिटिस इन्टरनेशनल च्याम्पियनसिप नाम गरेको प्रतियोगिता सुरु गरियो । जहाँ ती चार टिमले प्रतिस्पर्धा गर्थे । 

‘फुटबलमा फरक–फरक राष्ट्रले आपसमा खेल्नुपर्छ भन्‍ने मानसिकताको विकास युकेमै भयो । विश्वका अन्य देशहरूले १९ औँ शताव्दीको अन्त्यबाट मात्रै एक अर्काविरुद्ध प्रतिस्पर्धामा उत्रन थालेका हुन्,’ फुटबल अध्येता तथा मिसिगन विश्वविद्यालयका स्टेफन सिमान्सकीले भनेका छन् । 

विश्‍व फुटबलमा ती चार फुटबल संघको प्रभाव बढ्दै गयो । त्यसकै उदाहरण हो, ती चार संघले मिलेर स्थापना गरेको इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी)को स्थापना । सन् १८८६ मा स्थापना भएको आईएफएबीले फुटबल खेल सम्बन्धी नियम बनाउने र परिवर्तन गर्ने गर्छ । 
 
फिफा स्थापना 

अन्तर्राष्ट्रिय फुटबल नियमन गर्न सन् १९०४ मा जन्मिएको फिफाले युकेका चार फरक फुटबल संघलाई एउटै संस्था बन्‍नका लागि दबाब दिन सकेन । ती चार संघलाई एकिकृत हुन दबाब दिँदा भर्खरै स्थापित फिफाको भविष्य नै अन्यौलमा पर्ने हो कि भन्‍ने डर उत्पन्‍न भयो । फिफाको भविष्य र फुटबलको विस्तारमा युकेका चार संघको भूमिकालाई नजर अन्दाज गर्न सक्ने अवस्था थिएन ।

 

ओलम्पिकमा भने चार फरक पुरुष फुटबल टिम उर्तानुको सट्टा युकेले एउटै टिम उतार्दै आएको छ । यद्यपि युकेले ओलम्पिकको पुरुष फुटबलमा सन् १९६० पछि एक पटकमात्रै प्रतिस्पर्धा गरेको छ ।


 
‘युकेमै जन्मिएको फुटबल खेलको विश्वव्यापी विस्तारका लागि पनि ती चार संघको सहयोग आवश्यक थियो । त्यसकारण फिफाले ती चार संघलाई चिढ्याउन चाहेन,’ किगंस्टन विश्वविद्यालयका प्राध्यपक पिटर जे बेकले फिफा जर्नलमा लेखेका छन् । 

विभाजनपछिको उत्तरी आयरल्यान्डसहित इंगल्यान्ड, स्कटल्यान्ड र वेल्स सन् १९११ सम्ममा फिफाको सदस्य बनिसकेका थिए । त्यसपछिको ३५ वर्षमा ती चार संघले फिफा छाड्ने र फर्कने सिलसिला चलिरह्यो । तर सन् १९४६ पछि भने तीमध्ये कुनै पनि संघले फिफाको सदस्यता त्यागेनन् । 

फिफा विधान 

फिफाको सदस्यता लिएका देशले मात्रै फिफाले सञ्चालन गर्ने वा उसको अनुमतिमा आयोजना हुने प्रतियोगितामा भाग लिन पाउँछन् । फिफाको सदस्यता लिन कुनै पनि देश सार्वभौम र अन्तर्राष्ट्रिय समुदायबाट मान्यता प्राप्त गरेको हुनुपर्छ । इंगल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्ड आफैँमा स्वतन्त्र देश होइनन् । उनीहरु युकेका अंग हुन् । यस्तोमा उनीहरूका लागि फिफाले विशेष व्यवस्था गरेको छ । फिफा विधानमै यी चारले आ-आफ्ना फुटबल टिम बनाएर प्रतिस्पर्धा गर्न पाउने उल्लेख गरिएको छ । किनभने युकेका चारै संघलाई फिफाको सदस्यता दिइएको छ । 

ओलम्पिकमा युके 

ओलम्पिकमा भने चार फरक पुरुष फुटबल टिम उर्तानुको सट्टा युकेले एउटै टिम उतार्दै आएको छ । यद्यपि युकेले ओलम्पिकको पुरुष फुटबलमा सन् १९६० पछि एक पटकमात्रै प्रतिस्पर्धा गरेको छ । कुल १२ पटक ओलम्पिकको पुरुष फुटबलमा भाग लिएको युकेले पछिल्लो पटक सन् २०१२ मा संयुक्त टिम उतारहेको थियो ।

यद्यपि युकेमा ओलम्पिकका लागि फुटबल टिम बनाउँदा इंगल्यान्ड हाबी हुने हो कि भन्‍‍ने चिन्ता देखिन्छ । त्यस किसिमको चिन्ताका कारण युकेले सन् २०१६ को ओलम्पिकका लागि पुरुष फुटबल टिम पठाएन । किनभने ओलम्पिक २०१२ का लागि इंगल्यान्ड केन्द्रित टिम बनाइएकोमा व्यापक असन्तुष्टि जाहेर भएको थियो । त्यसबखतको टिममा १८ खेलाडीमध्ये १३ इंग्लिस थिए ।  

 

अन्तर्राष्ट्रिय फुटबल नियमन गर्न सन् १९०४ मा जन्मिएको फिफाले युकेका चार फरक फुटबल संघलाई एउटै संस्था बन्‍नका लागि दबाब दिन सकेन । ती चार संघलाई एकिकृत हुन दबाब दिँदा भर्खरै स्थापित फिफाको भविष्य नै अन्यौलमा पर्ने हो कि भन्ने डर उत्पन्‍न भयो । 

युकेभित्रका चारै देशका लागि फुटबल टिम उनीहरूको पहिचानसँग जोडिएका छन् । त्यसकारण ओलम्पिकका लागि संयुक्त टिम बनाउँदा होस् वा आपसमा भिड्दा, उल्लेखित सबै देश गम्भीर रहन्छन् । युकेको राजनीति र फुटबल दुवैमा इंगल्यान्ड शक्तिशाली रहेकाले पनि स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्ड चिन्तित छन् । उसो त पछिल्लो समय इंगल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा स्वशासनको अनुभुति बढ्दै गएको छ । र, त्यहाँ हुने निर्वाचनको नतिजाले पनि इंगल्यान्डप्रतिको आक्रोश प्रकाश पारिरहेको हुन्छ । 

अहिलेको अवस्थामा पनि फिफाले युकेलाई एउटै टिम उर्तान दबाब दिनसक्ने अवस्था छैन । ‘फिफाले चार देशलाई आ–आफ्ना टिम उर्तान दबाब दिन नसक्नुका कारण युकेभित्रको राजनीतिक अवस्था पनि हो । यदि फिफाले एउटै टिम र संघको निर्माण गर्न दबाब दियो भने निश्चय पनि स्कटल्यान्डले मान्ने छैन । बरु उसले युकेबाट अलग स्वतन्त्रता माग गर्नसक्छ,’ सिमान्सकी भन्छन्,‘उसै पनि स्कटल्यान्डले युकेबाट अलग हुन सन् २०१४ मा जनमत संग्रह गरिसकेको छ । त्यस निर्वाचनमा स्कटल्यान्डलाई युकेबाट अलग मुलुक बनाउनु पर्छ भन्ने तप्का पराजित भयो । यस्तो अवस्थामा फिफाले स्कटल्यान्डको टिम खोस्यो भने, स्वतन्त्रताको मागलाई बल पुर्‍याउँनेछ ।,’
 
उता फिफा अध्यक्ष जियानी इन्फान्टिनोले युकेका सबै संघलाई र फुटबल टिमले पाउँदै आएको मान्यता कुनै हालतमा पनि नखोसिने प्रष्ट पारिसकेका छन् । ओलम्पिकको फुटबलमा युकेको एउटै टिम हुने भए पनि फिफाका प्रतियोगितामा एउटै टिम खडा गर्न जरुरी नरहेको फिफा अध्यक्ष इन्फान्टिनाको भनाइ छ । युकेले रियो ओलम्पिकमा फुटबल टिम पठाएन । आउँदा टोकियो ओलम्पिकमा भने युकेले महिला टिमलाई प्रतिस्पर्धा गराउनेछ । तर पुरुष टिमले भने भाग लिनेछैन ।  
स्पेनी सञ्‍चार माध्यम एएसबाट 
 


Author

थप समाचार
x