Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

खेलकुद

एएफसी महिला च्याम्पियन्स लिगको 'ड्र', एपीएफ क्लब समूह 'सी'मा

इकागज |
साउन ३, २०८१ बिहीबार १४:२ बजे

काठमाडौँ- एएफसी महिला च्याम्पियन्स लिगको उद्घाटन सिजनको 'ड्र' सार्वजनिक भएको छ ।

उद्घाटन सत्र प्रारम्भिक चरणमा १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । महिला च्याम्पियन्स लिगका खेलहरू अगस्त २५ देखि अगस्त ३१ सम्म खेलाइने भएको छ ।


नेपालको एपीएफ फुटबल क्लब समूह 'सी' मा परेको छ र उसले उज्वेकिस्तानको एफसी नासाफ र मलेसियाको सबा एफएसँग खेल्नेछ । एपीएफका खेल मलेसियामा हुनेछन् ।

चार समूह विजेताहरू त्यसपछि समूह चरणमा पुग्नेछन् जहाँ उनीहरूलाई तीन समूहमा विभाजन गरी अन्य आठ क्लबहरू सामेल हुनेछन् ।


Author

थप समाचार
x