रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौँ- रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली महिला राष्ट्रिय भलिबल टोली पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार भएको खेलमा रसियन टोलीले नेपाली महिला टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलमा रसिया २५–१७,२५–१९, २५–१५ ले विजयी भयो । नेपाल र रसियाबीचको दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।
नेपालस्थित रसियाको दूतावासको सहयोगमा नेपाल भलिबल संघले मैत्रीपूर्ण खेल आयोजना गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया