Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

खेलकुद

सेरिनको तेस्रो संस्करण फुट्सल साउन २६ देखि २८ सम्म

इकागज |
साउन ९, २०८१ बुधबार १८:३४ बजे

काठमाडौँ- बुढानिलकण्ठमा सेरीनको तेस्रो संस्करण खुल्ला अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । साउन २६ देखि २८ गतेसम्म खुल्ला अन्तर विद्यालय फुटसल प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगिता आयोजकले बुढानिलकण्ठ नगरपालिका १३ स्थित भद्रकाली फुट्सल तथा रिक्रियसन सेन्टरमा उक्त प्रतियोगिता हुने जनाएको छ । प्रतियोगितामा सहभागी हुन तीन हजार शूल्क तोकिएको छ । साउन १५ गतेसम्ममा खेलमा सहभागी हुन चाहनेले फारम दर्ता गराइसक्नु पर्नेछ ।


फुट्सल प्रतियोगितामा करिब सय वटा विद्यालय सहभागी जनाउने सरिनका सदस्य तथा कार्यक्रम संयोजक सरोज रम्तेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पहिलो हुनेले १५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् । फस्ट दोस्रो हुनेले १० हजार नगद,ट्रफी र प्रमाणपत्र पाउनेछन्  र तेस्रो हुनेले ५ हजार नगद ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

गत बर्ष यस प्रतियोगितामा ५२ वटा विद्यालयको उत्साहजनक उपस्थिति रहेको उनले बताए । ‘यस पटकको खुल्ला अन्तर विद्यालय फुटसल प्रतियोगितामा करिब ८०-९० विद्यालयलाई सहभागी गराइ तेस्रो संस्करण सम्पन्न गर्ने लागिएको छ’ उनले भने ।


Author

थप समाचार
x