Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

खेलकुद

महिला एशिया कपको सेमिफाइनल समीकरण पुरा

इकागज |
साउन १०, २०८१ बिहीबार ७:४० बजे

काठमाडौँ - जारी महिला एशिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

समूह ए बाट समूह विजेता हुँदै भारत र उपविजेता बनेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ । त्यस्तै समूह ए बाट नेपाल र युएई समूह चरणबाट बाहिरिएका छन् ।


त्यस्तै समूह बी बाट श्रीलंका शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै समूह बी बाट थाइल्याण्ड र  मलेसिया समूह चरणबाट बाहिरिएका छन् ।

अब सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा श्रीलंका र पाकिस्तान खेल्ने भएका छन् । सेमिफाइनलका दुवै खेल जुलाई २६ मा हुने छन् ।

त्यस्तै प्रतियोगिताको फाइनल खेल जुलाई २८ मा हुने छ ।

 
 


Author

थप समाचार
x