खेलकुद

‘ब्रुनाे फर्नान्डेज मैदानमा त हुन्छन्, तर खेलेको चाँहि देखिँदैन’

इकागज |
असार ९, २०७८ बुधबार १४:१ बजे

काठमाडौँ: युरोमा बुधबार राती फ्रान्स र पोर्चुगल आमनेसामने हुँदैछन् । समूह ‘एफ’ को समूह विजेता र उप-विजेता चुन्‍न यस खेलको महत्वपूर्ण भूमिका रहनेछ । दुवै टिमले दुई-दुई खेल खेल्दा क्रमशः चार र तीन अंक बटुलेका छन् । समूहमा दोस्रो स्थानमा रहेको जर्मनीको पनि तीन अंक नै छ । 

समूहमा ए जित दर्ता गरेको पोर्चुगलले पाँच गोल गरेको छ भने चार गोल खाएको छ । पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो एक्लैले तीन गोल गरेका छन् । गोल गर्न, गोलका लागि पास मिलाउन र आक्रमण बुन्न रोनाल्डो र डिएगो जोटा अन्य खेलाडीभन्दा अगाडि छन् । 


पोर्चुगलमा रोनाल्डो र जोटा बाहेक ब्रुनाे फर्नानडेज जस्ता प्रतिभाशाली खेलाडी पनि छन् । म्यानचेस्टर युनाइटेडबाट इंग्लिस प्रिमियर लिगमा गज्जबको खेल देखाएका ब्रुनोले जारी युरोमा पनि छाप छाड्ने अनुमान गरिएको थियो । तर उनीबाट आशातीत प्रदर्शन हुन सकेको छैन । 

यसै सेरोफेरोमा म्यानचेस्टर युनाइटेडमै प्रशिक्षक रहिसकेका जोसे मौउरिन्होले टिप्पणी गरेका छन् । उनले ब्रुनाे मैदानमा रहे पनि खेल्न नसकेको प्रतिक्रिया दिएका छन् । ब्रुनाेले आफ्ना क्षमता युनाइटेडमा देखाए पनि पोर्चुगलका लागि भने फिक्का सावित भएको मौउरिन्होको भनाइ थियो । यद्यपि मौउरिन्होले फ्रान्सविरुद्धको खेलमा ब्रुनाेले आफ्नो स्तर अनुसारको खेल देखाउने आशा व्यक्त गरे । 

‘पोर्चुगलले आफ्नो स्तरको खेल देखाउन सके, जो सुकैलाई पनि पराजित गर्नसक्छ । तर त्यसका लागि मैदानमा हुने ११ खेलाडीले नै मेहेनत गर्न जरुरी छ । तर पछिल्ला दुई खेलमा बु्रनोले खेल्न सकेनन् । उनी मैदानमा त थिए, तर खेलेको भने देखिएन । आशा गरौँ उनले फ्रान्सविरुद्ध राम्रो खेल देखाउने छन्,’ मौउरिन्होले भने, ‘ब्रुनाेसँग गोल गर्ने क्षमता छ । उनी साथीका लागि पास निकाल्न सक्छन् । पेनाल्टीमा गोल गर्न सक्छन् । फ्रि–किक हान्न सक्छन् । त्यसकारण उनीसँग रोनाल्डो, जोटा, बर्नादो सिल्भासँगै पोर्चुगलको अग्रपंक्ति सम्हाल्ने क्षमता छ,’

पोर्चुगलका पछिल्ला दुई खेलमा ब्रुनाे पहिलो एघारमै परेका थिए । पहिलो खेलमा ८९ मिनेट खेलेका ब्रुनाे जर्मनीविरुद्ध भने ६५ मिनेट मात्रै मैदानमा रहे । दुई खेलमा गरी ब्रुनोले जम्मा दुई सट मात्रै प्रहार गरेका छन् । 

समूह समिकरण 
बुधबार राती पराजयबाट जोगिए पोर्चुगलले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । आफूले जित निकाले  र अर्को खेलमा जर्मनी पराजित भए पोर्चुगल समूह विजेता बन्नेछ । जर्मनीले हंगेरीका सामना गर्नेछ । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले हंगेरीलाई कम आक्न नमिल्ने बताएका छन् । 

‘हंगेरीले फ्रान्सलाई बराबरीमा रोकेको थियो । त्यसकारण यस समूहबाट अर्को चरणमा पुग्ने सम्भावना हंगेरीको पनि छ । त्यसैले हामीले आफ्नो खेलमा जित निकाल्नु बाहेकको अर्को विकल्प छैन । हामी प्रि–क्वार्टरफाइनलमा पुग्न अर्काको सहारा लिने पक्षमा छैनौँ,’ सान्तोषले भनेका छन् । 


Author

थप समाचार
x