पेरिस ओलम्पिक: नेपालको पदक शुन्य, कुन देशले कति जिते ?
काठमाडौँ - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका छन् । शनिबार सम्पन्न खेलपछि ९ देशले स्वर्ण पदक जितेका छन् भने कुल २० देशले पदक जितेका छन् ।
जसमा अस्ट्रेलियाले सबैभन्दा बढी ३ स्वर्णसहित ५ पदक जितेको छ । अस्ट्रेलियाले ३ स्वर्ण र २ रजत पदक जितेको हो ।
त्यस्तै चीनले २ स्वर्ण र एक काश्य पदक जितेको छ भने अमेरिकाले एक स्वर्ण, २ रजत र २ काश्य पदक जितेको छ । त्यसैगरी आयोजक फ्रान्सले एक स्वर्ण, २ रजत र एक काश्य पदक जितेको छ ।
अहिलेसम्म दक्षिण कोरिया, बेल्जियम, जापान, काजकिस्तान, जराम्नी र हङकङले स्वर्ण पदक जितेका छन् ।
त्यस्तै इटाली र ग्रेट ब्रिटेनले रजत तथा काश्य पदक जितेका छन् भने क्यानडा, फिजी र मंगोलियाले रजत पदक जितेका छन् । त्यसैगरी ट्युनिसिया, स्पेन, हंगेरी, दक्षिण अफ्रीका र स्विडेनले काश्य पदक जितेका छन् ।
नेपालले कुनै पदक जितेको छैन । स्यान्टु श्रेष्ठ र प्रिन्स दाहालले खेल खेले पनि हारेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया