खेलकुद

विवादित मुक्केबाज इमान खलिफले जितिन् ओलम्पिकमा पदक

इकागज |
साउन २०, २०८१ आइतबार १०:३४ बजे

तस्बिर-बीबीसी

काठमाडौं - विवादित मुक्केबाज इमान खलिफले पेरिस ओलम्पिकमा पदक जितेका छिन् । अल्जेरियन बक्सर खलिफले ओलम्पिकमा आफ्नो पदक पक्का गरेकी हुन् । 

खलिफले ६६ केजी तौल समूहको क्वाटरफाइनलमा हंगेरीकी बक्सर एना लुका हमोरीलाई ५–० ले हराउँदै ओलम्पिकमा आफ्नो पदक पक्का गरेकी छिन् ।ओलम्पिकमा बिहीबार भएको महिला बक्सिङ खेलपछि विवादका कारण इमान खलिफे चर्चामा आएका थिइन् । 


बिहीबार इटालियन बक्सर एन्जेला कारिनी र अल्जेरियन बक्सर इमान खालिफबीचको खेल ४६ सेकेण्डमा सकिएको थियो । बीबीसीमा कारिनिले भनिन्, ‘मैले खेल पूरा गर्न सकिन। मेरो नाकमा अत्यधिक पीडा भयो र यो अनुभव पछि मैले आफैंलाई भने महिलाको हैसियतमा पाएको अनुभव र परिपक्वताले मेरो देशले यसमा कुनै आपत्ति जनाउँदैन । मेरो बुवाले पनि नराम्रो मान्नुहुन्न । म रोकिएँ । मैले आफैंलाई रोक्न भनेँ।

उनले भनिन्, ‘यो मेरो बाँकी जीवनका लागि अविस्मरणीय खेल हुन सक्थ्यो तर त्यसबेला मैले आफ्नो ज्यान पनि बचाउनु परेको थियो । त्यसपछि यो खेललाई लिएर विवाद भएको थियो । इमान खलिफा जैविक रूपमा पुरुष भएकोमा बहस सुरु भएको थियो ।

बढ्दो विवादलाई देखेर पेरिस ओलम्पिकको बक्सिङ युनिट र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले संयुक्त रुपमा विज्ञप्ति जारी गरी आफ्नो अडान प्रस्तुत गरेको छ ।

आईओसीले आफ्नो विज्ञप्तिमा सबै खेलाडीले पेरिस ओलम्पिकको बक्सिङ प्रतियोगितामा योग्यता र प्रवेश नियम अनुसार सहभागी भएको जनाएको छ । साथै, सबै खेलाडीले पेरिस ओलम्पिकको बक्सिङ युनिटले तोकेको मेडिकल नियम पनि पालना गर्छन्।


Author

थप समाचार
x