खेलकुद

ओलम्पिकमा फाइनल खेल्न नपाएकी विनेश भन्छिन्- अलविदा कुस्ती

इकागज |
साउन २४, २०८१ बिहीबार ८:३ बजे

काठमाडौँ- पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समुहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलविदा गरेकी छन् ।

पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी छन् ।


विनेशले लेखेकी छन्- ‘आमा, कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले योभन्दा बल छैन । अलविदा कुस्ती सन्‌ २००१-२०२४' उनले अगाडि लेखेकी छन् ‘म तपाईहरू सबैको सधै ऋणी रहनेछु । क्षमा चाहन्छु ।'

उनलाई बुधबार ५० केजी समुहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नुअघि उनको तौल १०० ग्राम बढी भएको भन्दै फाइनल खेल अयोग्य घोषित गरिएको थियो ।


Author

थप समाचार
x