खेलकुद

‘इंगल्यान्डलाई जेडोन सान्चो नचाहिने भए जर्मनीले उनलाई पासपोर्ट दिनेछ’

इकागज |
असार ११, २०७८ शुक्रबार १३:३४ बजे

काठमाडौँ : जेडोन सान्चो जर्मन बुन्डेसलिगामा गनिएका खेलाडी हुन् । उनी गोल गर्न र गोलको लागि पास मिलाउन उत्तिकै निपूर्ण छन् । म्यानचेस्टर सिटीको सिनियर टिममा मौका नपाएपछि बोरुसिया डर्टमन्ड गएका सान्चोले त्यहाँ १ एक सय ३७ खेलमा ५० गोल गरेका छन् । अनि ६४ असिस्ट पनि उनको नाममा छ । गत सिजन मात्रै पनि सान्चोले डर्टमन्डका लागि २० गोल तथा असिस्टको योगदान गरे ।

कतिपयको दाबी छ, सान्चो इंगल्यान्डका सबैभन्दा प्रतिभाशाली खेलाडी हुन् । यस दाबीलाई अन्यले खारेज गर्नसक्छन् । तर त्यसो गर्नुअघि तिनले सान्चोको तथ्यांक हेर्न जरुरी छ । अनि बुन्डेसलिगा विशलेषकहरुलाई पनि सोध्‍न सक्छन्, सान्चोले त्यहाँ गएका तनि सिजनमा कुन स्तरको प्रदर्शन गरेका छन् भनेर । 


यस पटकको युरोमा ग्यारेथ साउथगेटले सान्चोलाई इंग्लिस अग्रपंक्तिमा ह्यारी केन र रहिम स्टर्लिङसँग खेलाउने अपेक्षा गरिएको थियो । तर सान्चोलाई नजरअन्दाज गरिएको छ । समूह चरणको पहिलो खेलमा सान्चो इंगल्यान्डको बेन्चमा समेत देखिएनन् । स्कटल्यान्डसँगको खेलमा उनलाई बेन्चमा त राखियो तर खेलाइएन । समूह चरणको अन्तिम खेलमा भने उनले छ मिनेट खेल्न पाए । 

सान्चोले खेल्ने मौका नपाइरहँदा इंगल्यान्डको आक्रमण भने फितलो देखिएको छ । तीन खेलमा इंगल्यान्डले जम्मा दुई गोल गरेको छ । इंग्लिस प्लमेकर तथा आक्रमक खेलाडीहरु फाइनल थर्डमा कमजोर देखिएका छन् । यसै सन्दर्भमा जर्मनीका पूर्व खेलाडी लोथर माटिएसको प्रतिक्रिया सार्वजानिक भएको छ । उनले इंगल्यान्डलाई सान्चोको आवश्यकता नभए जर्मनीले उनलाई पासपोर्ट दिने माटिएसको भनाई थियो । 

‘गएका दुई वर्षमा सान्चो बुुन्डेसलिगाका उत्कृष्ट खेलाडीमध्येका एक हुन् । उनले खेल्ने मौका नपाउँदा जर्मनीमा सबै चकित छन् । यदि इंगल्यान्डलाई उनको आवश्यकता नभए, जर्मनीले पासपोर्ट दिएर आफ्नो टिममा राख्‍नेछ,’ माटिएसले भने । 


Author

थप समाचार
x