खेलकुद

‘ग्ल्यासियर प्लस टु अन्तर कलेज अन्डर १९’ भलिबल प्रतियोगिता सुरु

इकागज |
भदौ ६, २०८१ बिहीबार १९:३ बजे

काठमाडौँ- पहिलो ‘ग्ल्यासियर प्लस टु अन्तर कलेज अन्डर १९’ भलिबल प्रतियोगिता सुरु भएको छ ।

बिहीबारदेखि आइतबारसम्म बानेश्वर शान्तिनगरस्थित कलेजको परिसरमा प्रतियोगिता सुरु भएको हो । पहिलो दिन प्रतियोगितामा विभिन्न कलेजका गरेर आठ वटा टिम सहभागी भएका थिए ।  


प्रतियोगितामा काठमाडौँ उपत्यकाका विभिन्न कलेजले भाग लिएका छन् । १५ वटा कलेज सहभागी र १६ वटा टिमको खेल हुने प्रतियोगिताका संयोजक हिक्मत थपलियाले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिता चार दिनसम्म चल्ने छ । प्रतियोगितामा पहिलो हुनेले २५ हजार र दोस्रोले १५ हजार रुपैयाँ संयोजक थपलियाले जानकारी दिए ।

 


Author

थप समाचार
x