खेलकुद

पलेशा पारा ओलम्पिकको क्वाटरफाइनलमा

इकागज |
भदौ १४, २०८१ शुक्रबार १६:२५ बजे

काठमाडौँ - जारी पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी छन् ।

शुक्रबार भएको खेलमा उनले मोराल्सलाई ३१-० ले पराजित गरेकी हुन् । योसँगै उनी क्वाटरफाइनलमा प्रवेश गरेकी छन्। 


के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यस प्रतिस्पर्धामा अब पलेशाले ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन् । यो खेल आजै केहीबेरपछि हुँदैछ ।


Author

थप समाचार
x