खेलकुद

राखेप निर्देशक चयन विवाद : प्रसाईंलाई निर्देशक बनाएपछि उपनिर्देशक वैद्यको राजीनामा

इकागज |
भदौ २४, २०८१ सोमबार १०:३६ बजे

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपनिर्देशक संगीना वैद्यले आफ्नो पदबाट राजीनामा दिएकी छन् । निर्देशक चयन प्रकृया अपारदर्शी र परम्पराविपरित भएको भन्दै वैद्यले राजीनामा दिएकी हुन् । 

राखेपका तत्कालीन निर्देशक प्रचण्ड शर्माको भदौ १९ गते अवकाश भएपछि उपनिर्देशकबाट निर्देशकमा बढुवा गर्ने परम्परा रहेको थियो । अहिले संगीनासँगै ओलम्पियन विष्णुबहादुर सिंह उपनिर्देशक रहेका छन् । तर राखेपका सदस्य सचिव टंकलाल घिसिङले कराते प्रशिक्षक सोभितराज प्रसाईंलाई सो जिम्मेवारी दिएपछि वैद्य असन्तुष्ट बनेकी हुन्  । 


ओलम्पिकमा छनोट हुने नेपालको पहिलो महिला खेलाडी रहेकी संगीना २०५२ भदौ ३० गते राखेप प्रवेश गरेकी हुन् । वैद्यको २०६३ पुष २१ मा र प्रसाईको २०६४ पुष २७ मा बढुवा भएको थियो । वरिष्ठलाई नजर अन्दाज गरेर सदस्य सचिव घिसीङले जिम्मेवारी दिएपछि वैद्यले राजीनामा दिएकी छन् ।


Author

थप समाचार
x