खेलकुद

एन्फा महिला लिगमा आर्मी विजयी

इकागज |
भदौ २७, २०८१ बिहीबार १८:२१ बजे

फाइल फाेटाे

काठमाडौँ - राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी विजयी भएको छ ।​

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा आर्मीले बागमती युथ क्लबलाई ३–० ले पराजित गरेको हो । आर्मीका लागि विमला चौधरीले २५औं मिनेटमा पहिलो गोल गरेकी थिइन् । त्यस्तै खेलका ६१औं मिनेटमा अमिषा कार्कीले आर्मीका तर्फबाट अर्को गोल गरिन् भने ९०औं मिनेटमा आर्मीले अर्को गोल थपेको थियो ।


त्यस्तै बिहीबार नै भएको अर्को खेलमा एपिएफ क्लबले वालिङ नगरपालिकालाई पराजित गरेको छ ।  एपिएफलाई वालिङलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 


Author

थप समाचार
x